• २०७९ असोज १७ गते सोमवार
  • Preeti To Unicode

भीरबाट लडेर राेल्पाकाे गंगादेव गाउँपालिकामा एक महिलाको मृत्यु


असाेज ५ राेल्पा ।

भीरबाट लडेर राेल्पा गंगादेव गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गंगादेव गाउँपालिका -२ डाँडागाउँ बस्ने २५ वर्षिय अनिता सुनार रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

सुनार बुधबार बिहान करिब ८ बजेतिर घाँस काटनकाे लागि गएको अवस्थामा स्थानीय खानिपाखा सामुदायिक वनकाे पठाचौर भन्ने ठाउँमा भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले बताए।

उनी मृत भेटिएको खबर पाएपछि इलाका प्रहरी कार्यालय सुख्खाओढारबाट प्रहरी टाेलि घटनास्थल पुगि घटनास्थलकाे अनुगमन गरि शव पाेष्टमार्टमका लागि पठाउने तयारी गरिरहेकाे प्रहरी निरीक्षक भुसालले बताए।

फाइल फाेटाे

प्रकाशित मिति : २०७९ असोज ५ गते बुधवार