• २०७९ असोज १७ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा समयमै विवरण नुबझाउने उम्मेदवार झण्डै ८५ प्रतिशत, जरिवाना उठाउँदा साढे २२ कराेड हुने


असाेज ५, सल्यान ।

स्थानीय तह निर्वाचन २०७९ मा विभिन्न पदमा गरेर १४८० उम्मेदवार रहेका सल्यानमा समयमै चुनाव खर्च विवरण बुझाउने उम्मेदवारकाे संख्या २२७ मात्रै रहेकाे छ । निर्वाचन आयाेगले सार्वजनिक गरेकाे समयमै विवरण नबुझाउने उम्मेदवार सल्यानमा १२५३ रहेका छन् ।

समयमै खर्च विवरण नबुझाउनेलाइ निर्वाचन आयाेगले अबकाे ६ महिना भित्र जरिवान बुझाउन निर्देशन गरेकाे छ । सल्यानमा मात्रै समयमै खर्च विवरण नबुझाएर जरिवानामा पर्ने उम्मेदवारहरुबाट जरिवाना भराउने हाे भने २२ कराेड ६८ लाख ५० हजार रुपैया निर्वाचन आयाेगले उठाउनुपर्ने देखिन्छ ।

सल्यानमा नगरपालिकाका प्रमुख र उपप्रमुख गरि ९ जना उम्मेदवारले समयमै खर्च विवरण बुझाएका छैनन् । निर्वाचन आयाेगले ताेकेकाे जरिवानाअनुसार नगरपालिकाका ९ जनाबाट ४० लाख ५० हजार आयाेगले उठाउनुपर्ने हुन्छ ।

त्यस्तै गाउँपालिकातर्फ अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरुमा सल्यानमा ५३ जना जरिवानामा परेका छन् । उनिहरुबाट १ कराेड ८५ लाख ५० हजार जरिवाना आयाेगले उठाउनुपर्ने देखिन्छ ।

त्यसैगरी ३ वटा नगरपालिका रहेकाे सल्यानमा नगरपालिका तर्फका वडाध्यक्ष र सदस्यहरु ५१२ जना रहेका छन् । उनिहरुबाट उठ्ने जरिवाना १० कराेड २४ लाख रुपैया देखिन्छ । गाउँपालिका तर्फका वडाध्यक्ष र सदस्यहरु ६७९ जना रहेका छन् । उनिहरुबाट पनि १० कराेड १८ लाख ५० हजार जरिवाना आयाेगले उठाउनुपर्ने देखिन्छ ।

तर जरिवना तिराउने सवालमा आयाेगले कत्तिकाे काम गर्छ या कानुन संसाेधन हुन्छ कि हुँदैन भन्नेमा भने अन्याैल देखिन्छ । निर्वाचनमा पराजित अधिकांश उम्मेदवारहरुले खर्च विवरण बुझाउनेबारे ज्ञान नभएर नबुझाएकाे प्रतिकृया दिएका छन् । ‘हामीलाइ कसैले पनि खबर गरेन्, बुझाउनुपर्दैन हाेला जस्ताे लागेकाे थियाे, त्यहि भएर बुझाएनाैं’, बागचाैर नगरपालिका ९ मा वडाध्यक्षमा निर्वाचन लडेका टाेप बहादुर वलिले भने ।

त्यस्तै निर्वाचित जनप्रतिनिले पनि नियममा प्रश्ट नहुँदा खर्च विवरण बुझाउन ढिला गरेकाे बताएका छन् । ‘हामीले सपथ ग्रहण गरेपछिकाे एक महिना सम्झेर खर्च विवरण बुझायाैं तर मतगणना सकिएर निर्वाचित घाेषणा भएपछिकाे एक महिना रहेछ,’ एकजना निर्वाचित वडाध्यक्षले भने । अब जरिवाना तिर्ने वा नतिर्ने भन्नेमा आफु अन्याैलमा रहेकाे उनकाे भनाइ छ ।

निर्वाचन आयाेगले  नगरपालिका प्रमुख र उपप्रमुखलाइ ४ लाख ५० हजार, गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाइ ३ लाख ५० हजार, नगरपालिकाका वडाध्यक्ष र सदस्यहरुलाइ २ लाख र गाउँपालिकाका वडाध्यक्ष र सदस्यहरुलाइ १ लाख ५० हजार जरिवाना ताेकेकाे छ । अबकाे ६ महिनाभित्र जरिवाना नबुझाएमा ६ वर्षसम्म उम्मेदवार बन्न नपाउने निर्वाचन आयाेगले जनाएकाे छ ।

जरिवानामा पर्ने नगरपालिकाका प्रमुख र उपप्रमुखहरुकाे विवरण हेर्न यहाँ क्लिक गर्नुहाेस्

जरिवानामा पर्ने गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुकाे विवरण हेर्न यहाँ क्लिक गर्नुहाेस्

जरिवानामा पर्ने नगरपालिकाका वडाध्यक्ष र सदस्यहरुकाे विवरण हेर्न यहाँ क्लिक गर्नुहाेस्

जरिवानामा पर्ने गाउँपालिकाका वडाध्यक्ष र सदस्यहरुकाे विवरण हेर्न यहाँ क्लिक गर्नुहाेस्

प्रकाशित मिति : २०७९ असोज ५ गते बुधवार