असाेज ७, सल्यान ।
विगत दुइवर्षदेखि क्यान्सर राेगले थला परेकी सल्यानकी एक महिलाकाे उपचारमा आर्थिक संकट भएकाे छ ।
जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १२ निगाल्चुला माझखर्क निवासी ४६ वर्षीया गंगा कुमारी खड्काकाे उपचारमा आर्थिक अभाव भएकाे हाे । दुइवर्षमा उपचारका लागि धेरै ठाउँ लिएकाे र अहिले आर्थिक अभाव हुँदा उपचार गर्न नपाएकाे श्रीमान लुट बहादुर खड्काले बताए ।
क्यान्सर लागेपछि चितवन, भक्तपुर, बांकेमा पकटपकट लगेर उपचार गरेकाे र अझै निकाे नभएकाे उनले बताए । ‘धेरैपटक ठाउँठाउँमा लिँदा अहिलेसम्म ३० लाख बढी सकियाे । अब त उपचार गर्ने पैसा पनि छैन्’, श्रीमान खड्काले भने । डाक्टरले फेरि अस्पताल ल्याउन भनेकाे र आफुसँग पैसा नहुँदा लिन नसकेकाे उनले बताए ।
गंगा अहिले घरमै थला परेकी छन् । ‘हिडडुल गर्न सक्नुहुन्न । बल्लबल्ल साैचालयसम्म जान सक्नुहुन्छ । दिदिकाे अवस्था देख्दा साह्रै दुख लाग्दाेखालकाे छ’, बहिनी शारदा क्षेत्रीले भनिन् । क्यान्सरले आद्रा र कलेजाेमा समस्या भएकाे र अब उपचार नगरे फाेक्साेमा सर्ने सम्भावना रहेकाे डाक्टरले भनेकाे उनले बताइन् ।
कसैले आर्थिक सहयाेग गरिदिए श्रीमतीकाे उपचार गरेर बचाउन खाेजिरहेकाे श्रीमान लुट बहादुर खड्काले बताएका छन् । उनले सहयाेग गरिदिन पनि सबैलाइ आग्रह गरेका छन् । सहयाेग गर्न चाहानेले उनलाइ ९८६०३२१६६१ मा सम्पर्क गर्न सकिनेछ ।