• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

सल्यानमा हुने सांस्कृतिक कार्यक्रममा ‘भेलु बाजे’ आउने


असाेज ८, सल्यान ।

पछिल्लाे समय भाइरल भेलु बाजे सल्यानमा हुने सांस्कृतिक कार्यक्रममा आउने भएका छन् ।

जिल्लाकाे सिद्धकुमाख गाउँपालिका ३ ढाेरचाैरमा यहि असाेज १३ देखि १५ गतेसम्म हुने दशै तिहार विषेश सांस्कृतिक कार्यक्रममा मिन बहादुर बुढा (भेलु बाजे) सहित अन्य कलाकारहरु आउने भएका छन् ।

सांस्कृतिक चर्चित लाेक दाेहाेरी गायक बद्री पंगेनी, कृष्ण रेउले लगायतका कलाकारहरु दर्जनाैं कलाकारहरु उपस्थित हुने आयाेजक संस्थाका आर्थिक संयाेजक नाेखिराम थापाले बताए ।

महाेत्सवकाे मुल आयाेजक राष्ट्रिय संगीतकर्मी संघ जिल्ला समिति सल्यान र सहआयाेजक शारदा युथ क्लव सिद्ध कुमाख ३ ढाेरचाैर रहेकाे छ ।

लामाे समयदेखि काेराेना महामारीले सांस्कृति कार्यक्रम हुन नपाएकाे र याे कार्यक्रमले धेरैकाे सहभागिता हुने विश्वास रहेकाे प्रचारप्रसार संयाेजक अमृत बाबू बुढाथाेकीले बताए ।

प्रकाशित मिति : २०७९ असोज ८ गते शनिवार