• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

तुलसीपुर नगर स्तरीय फुटबल प्रतियोगिता “WATASHINO CUP २०७९” कार्यक्रम शुभारम्भ


Author Logo..
रमेश परियार
तुलसीपुर, १० असोज । नेपाल कम्युनिस्ट पार्टी बहुमत को सहायक संगठन युवा जनस्वयमसेवक दाङ जिल्लाको आयोजनामा तुलसीपुर नगर स्तरीय फुटबल प्रतियोगिता “WATASHINO CUP २०७९” कार्यक्रम को शुभारम्भ भएको छ । उक्त कार्यक्रम युवा जनस्वयमसेवक दाङ जिल्लाका अध्यक्ष अजय दुलाल को अध्यक्षता , नेकपा बहुमत का केन्द्रीय सदस्य तथा दाङ इन्चार्ज तिलक पुन को प्रमुख आतिथ्यता , WATASHINO कन्सल्टेन्सी का एम.डि विजय प्रसाद शर्मा को विशिस्ट अतिथी , नेकपा बहुमत का दाङ का संयोजक बिरेन्द्र को अतिथि , नेकपा बहुमत का तुलसीपुर नगर इन्चार्ज सजक (शेरु) को अतिथि एवं नेकपा बहुमत दाङ जिल्लाका शिर्ष नेतागंनहरुको उपस्थिति रहेको थियो ।
नगर इन्चार्ज सजक (शेरु) को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा दाङ जिल्ला इन्चार्ज तिलक पुनले आउदैं गरेको बडा दशैंको उपलक्ष्यमा युवाहरूलाई स्वास्थ्य का लागि खेलकुद रास्ट्रका लागि खेलकुद भन्ने मुल उदेश्यका साथ तुलसीपुरमा नगर स्तरीय फुटबल प्रतियोगिता शुभारम्भ भएको र यो प्रतियोगिता मिति २०७९/०६/११ गते देखि मिति २०७९/०६/१५ गते सम्म खेल संचालन रहने जानकारी दिनु भएको थियो । जसरी संसदीय व्यवस्थाको सरकारले नेपाली खेलाडी लाई खेलाडी रास्ट्रका गहना को रुपमा नहेरेको मा आपत्ति जनाउनु भएको थियो । र आफ्नो पार्टी सदैव युवाहरुलाई स-सम्मान खेलकुदमा साथ सपोर्ट गर्ने पार्टी भएको र जनताको साथमा रहने प्रतिबद्धता जनाउनु भएको थियो । उक्त कार्यक्रमको सहजीकरण पुष्कर लिला ले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७९ असोज १० गते सोमवार