• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

सल्यानमा दुर्घटना न्यूनीकरण सम्बन्धि जनचेतना फैलाउँदै नेकपा



असोज १२, सल्यान ।

नेपाल कम्युनिस्ट पार्टी सल्याले जिल्लाको श्रीनगरमा दुर्घटना न्यूनीकरण सम्बन्धि कार्यक्रम गरेको छ ।

बुधबार श्रीनगर बजारमा ट्राफिक प्रहरी, सवारीचालक र नागरिकहरुको उपस्थितिमा जनचेतनामूलक कार्यक्रम गरिएको हो ।

दुर्घटना न्यूनीकरण सम्बन्धि कार्यक्रममा जिल्ला ट्राफिक प्रमुख सरत चौधरी, ट्राफिक प्रहरी याम बहादुर बस्नेतले दुर्घटना कम गर्न सकिने उपायहरुको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा नेकपा सल्यानका सेक्रेटरी मदन चन्दले समग्र सल्यान जिल्लाको सडक र सडक विकास सम्बन्धि कुराहरु प्रष्ट्याएका थिए । कार्यक्रममा आज बिहान मात्रै कपुरकोट दुर्घटनामा ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली अर्पण गरिएको थियोे ।

प्रकाशित मिति : २०७९ असोज १२ गते बुधवार