• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

तुलसीपुर ८ को आयोजनामा स्वस्थ ,शान्ति सुरक्षा एवं जनचेतनामूलक कार्यक्रम सम्पन्न


Author Logo..
रमेश परियार

तुलसीपुर,१२ असोज । तुलसीपुर उप-महानगरपालिका वडा नं. ८ को आयोजनामा “स्वस्थ , शान्ति सुरक्षा अभियान” अन्तर्गत “स्वस्थ , शान्ति सुरक्षा एवं जनचेतनामूलक कार्यक्रम” तुलसीपुर को श्री कृष्ण मन्दिर दोघरे को सभा हलमा कार्यक्रम सम्पन्न भएको थियो ।

तुलसीपुर उप-महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष श्री धर्मराज वलि को अध्यक्षता तुलसीपुर उप- महानगरपालिका का मेयर श्री टिकाराम खड्का को प्रमुख आतिथ्यता , विशिस्ट अतिथी अभियानका सल्लाहकार , मोटिभेस्नल स्पिकर एवं माइण्ड काउन्सलर श्री डिल्ली बस्नेत (संगित), अतिथि अभियान प्रमुख रमेश परियार , अतिथि तुलसीपुर उप- महानगरपालिका स्वास्थ्य शाखा प्रमुख श्री बिमल के.सि , अतिथि बेलुवा प्रहरी चौकी का प्रमुख श्री रमेश बुढाथोकी , अतिथी वडा नं. ८ का वडा सचिव श्री शम्भु प्रसाद शर्मा , अतिथि वडा नं. ८ का वडा सदस्य श्री हस्त बहादुर वि.क . प्रमुख पार्टीहरुका वडा अध्यक्षहरु , जनप्रतिनिधिहरु , बुद्धिजीवी , लगाएत वडावासीहरु को उपस्थिति थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि खड्काले जनचेतनामूलक कार्यक्रम गरेकोमा अभियान प्रमुख एवं वडा नं. को कार्यालय लाई विशेष धन्यवाद दिनु भएको थियो सो अवसरमा अहिले जसरी युवापंती कुलत , लागू औषध मा लागेकै कारण समाजमा जघन्य अपराध गटेको बताउनु भएको थियो साथै परिवार नै पहिलो स्कुलिङ केन्द्र भएको ले आ- आफ्नो बालबालिकाहरुको रहन-सहन साथ संगत को संग गर्दै छ यो सबै निरीक्षण गर्न सक्यौं भने केही मात्रामा घटनाहरु नियन्त्रण गर्न सकिने बताउनु भएको थियो ।

अभियानका सल्लाहकार बस्नेतले युवाहरूलाई आफ्नो आनि-वानी आफै नै सुधार्नु पर्ने र कसैको गलत देखा-सिखी ले गर्दा नै नकारात्मक सोच आउने भएकाले आफुमा सकारात्मक सोच को विकास गर्नु नै असल र सभ्य व्यक्ति बन्न सक्ने विचार राख्नु भएको थियो । बेलुका प्रहरी चौकी का प्रमुख बुढाथोकीले अहिले ३ वटा वडा आफ्नो चौकी ले एक्लै हेर्ने गरेको प्रयाप्त जनशक्ति एवं सवारी साधन मा पनि कमि भएकाले सुरक्षा दिन अल्लि असजिलो भएको जानकारी गराउनु भएको थियो र आफू तुलसीपुर कै वासी भएकाले तुलसीपुर को सुरक्षामा सदैव प्रहरी जनता कै साथमा रहेको र जनताको पनि साथ को अपेक्षा राख्नु भएको थियो ।

वडा अध्यक्ष वलि ले अभियान कार्यक्रम लाई आफ्नो वडामा कार्यक्रम लाएकोमा अभियान प्रमुख रमेश परियार लाई विशेष धन्यवाद दिनु भएको थियो र वडा कार्यालय सदैव वडावासिहरुलाई सामाजिक सुरक्षा , स्वस्थमय वडा बनाउन पुर्णरुपमा लागेको र पछि पनि लागि रहने प्रतिबद्धता जनाउनु भएको थियो । अभियान का प्रमुख परियार ले जसरी हाम्रो समाज ले जे जति घटना घट्दा पनि प्रहरी प्रशासन लाई पुर्ण सहयोग न गरेकोमा चिन्ता व्यक्त गर्नु भएको थियो ।

आफ्ना बालबालिकाहरुलाई हामिले मासिक कति पैसा दिन्छौं र ती बालबालिका को रहन-सहन कस्तो छ हो तेहि बाट पनि सजिलै थाहा पाउन सकिन्छ कि ती बालबालिकाहरु के-कस्ता गतिविधि गर्दछन जब कि त्यो परिवार ले मासिक रु. ५००० पनि आफ्नो छोराछोरी लाई दिन सकेको छैन तर छोराछोरी चैं मासिक रु. ५०००० खर्च गरेको महंगो लाइफ स्टाइल जिउने गर्नाले पनि समाजमा विसंगति निम्त्याएको छ भन्नू भएको थियो र यसमा पनि परिवार सजग हुन जरुरी छ भन्नू भएको थियो। सो कार्यक्रम बाट अभियानले भुप बहादुर के.सि को संयोजकत्वमा “स्वस्थ शान्ति सुरक्षा अभियान समिति” गठन भएको थियो ।

उक्त कार्यक्रम उपस्थिति जनसमुदाय एवं राजनीति दलका प्रतिनिधिहरुले एकै आवाजमा वडा को स्वास्थ शान्ति सुरक्षामा सबै एकजुट भएर जाने र आफ्नो वडालाई स्वस्थमय, सुरक्षितमय समाज निर्माणमा एकरुपता भएर नव गठित समिति लाई पुर्ण साथ सपोर्ट गर्ने प्रतिबद्धता जनाउनु भएको थियो भने कार्यक्रम को सहजीकरण वडा नं. ८ का वडा सचिव श्री शम्भु प्रसाद शर्मा ले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७९ असोज १२ गते बुधवार