• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

टेकबहादुर बस्नेत भन्छन्- ‘सल्यान प्रतिनिधिसभा माओवादीले पाउने सहमति भैसक्याे’


असाेज १३, सल्यान ।

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य टेकबहादुर बस्नेतले सल्यान प्रतिनिधिसभाकाे उम्मेदवार आफ्नो पाटीले पाउने सहमति भएको बताएका छन् ।

लेकाली अनलाइनसँग फाेनमा कुरा गर्दै बस्नेतले सल्यान संघ माओवादी केन्द्रले पाउने सहमति भएकाे र बेलुकासम्म फाइनल लिस्ट सार्वजनिक हुने बताएका छन् ।

सल्यानमा एकीकृत समाजवादीले दाबी गरेपनि मापदण्डका हिसाबले माओवादी केन्द्रलाइ परेकाे बताए ।

माओवादी केन्द्रले संघकाे उम्मेदवारमा बस्नेत र रमेश मल्ललाइ सिफारिस गरेकाे छ । सिफारिस भएका नाम अब पार्टीले निर्णय गरेर उम्मेदवार फाइनल गर्ने उनकाे भनाइ छ ।

सल्यान प्रतिनिधिसभामा माओवादीले पाएकाे र दुइवटा प्रदेशसभामा कुन प्रदेश कसलाइ दिने भन्नेमा अहिले छलफल चलिरहेकाे बस्नेतले बताए ।

प्रकाशित मिति : २०७९ असोज १३ गते बिहिवार