• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

सल्यानको ढोरचौरमा सांस्कृतिक कार्यक्रमको उद्घाटन, भोलि असोज १४ गते बद्री पंगेनी आउने


असोज १३, सल्यान ।

सल्यानको सिद्धकुमाख गाउँपालिका ३ ढाेरचाैरमा हुन लागेको दशै तिहार विषेश सांस्कृतिक कार्यक्रमको बिहिवार उद्घाटन गरिएको छ ।

बिहिवार देखि सुरु भएको सांस्कृतिक कार्यक्रमको उद्घाटन सिद्ध कुमाख गाउँपालिका अध्यक्ष भरत गिरीले गरेका हुन् । सांस्कृतिक कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

भोलि शुक्रबार असोज १४ गते वरिष्ठ लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुति रहने संस्कृतिक कार्यक्रमका प्रचारप्रसार संयाेजक अमृत बाबू बुढाथाेकीले बताए । उनकाअनुसार भोलि नै कार्यक्रममा अन्य कलाकार यज्ञ विक र देवी बस्नेतको पनि प्रस्तुति रहने छ ।

शनिबार असोज १५ गते पछिल्लो समय भाइरल मिन बहादुर बुढा (भेलु बाजे) सहित अन्य कलाकारहरुको प्रस्तुति रहने आयाेजक संस्थाका आर्थिक संयाेजक नाेखिराम थापाले बताए ।

महाेत्सवकाे मुल आयाेजक राष्ट्रिय संगीतकर्मी संघ जिल्ला समिति सल्यान र सहआयाेजक शारदा युथ क्लव सिद्ध कुमाख ३ ढाेरचाैर रहेकाे छ । लामाे समयदेखि काेराेना महामारीले सांस्कृति कार्यक्रम हुन नपाएकाे र याे कार्यक्रमले धेरैकाे सहभागिता हुने विश्वास रहेकाे सांस्कृतिक संयोजक चुडामणी पुनले बताए ।

प्रकाशित मिति : २०७९ असोज १३ गते बिहिवार