• २०७९ चैत्र ११ गते शनिवार
  • Preeti To Unicode

रुकमेलि गायक भाबुक पुनको दोश्रो कोसेली “परदेशी” गीत सार्बजनिक


दिपेश वली डाईमण्ड/ दक्षिण कोरिया , १४ असोज । रुकमेलि गायक भाबुक पुनको दोश्रो कोसेली स्वरुप “परदेशी” बोलको भिडियो सार्बजनिक भएको छ । चर्चित गायिका शान्ति श्री परियार र गायक भाबुकको स्वर रहेको गितमा शब्द संगीत पनि भाबुक आफ्नै रहेको छ ।

बिनोद बाजुरालीको संगीत संयोजन रहेको गितमा खडक बाजुरालीले मिक्सिंग,मास्टरिङ्ग गरेका छन । गित मालाश्री रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको हो । बिनोद भण्डारीको निर्देशनमा बनेको भिडियोलाई अजय रेग्मीले छायांकन, मनोज कार्कीको सम्पादन गरेका छन । भिडियोमा अहिलेका चर्चित,व्यस्त कलाकार सारिका केसी र ओबी राईमाझिले अभिनय गरेका छन । भिडियो सुभारम्भ डिजिटल म्युजिक नामकको अफिसियल युटुब च्यानलमा राखिएको छ ।

हेर्नुहोस भिडियो :  

प्रकाशित मिति : २०७९ असोज १४ गते शुक्रवार