• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

सल्यान जिमाली दुर्घटना : आमा अचेत अवस्थामा, ६ महिने दुधेबालकलाई सम्हाल्न गाह्राे 


असाेज १५, सल्यान ।

शनिबार बिहान सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ७ जिमालीमा भएकाे जीप दुर्घटनामा २ नाकाे ज्यान गएकाे छ भने दर्जनभन्दा बढी घाइते भएका छन् ।

मृत्युु हुनेमा कुमाख गाउँपालिका ७, डुमकोटका अन्दाजी ३९ वर्षका मान बहादुर पुन साेही ठाउँका अन्दाजी १४ वर्षकी एनका पुन रहेका छन् ।  उनिहरु एउटै घरका अंकल भतिजी हुन् ।

दुर्घटनामा घाइते भएकाहरुकाे केहिकाे नेपालगन्ज रिफर गरिएकाे छ भने केहि बागचाैर स्थित विभिन्न अस्पतालहरुमा छन् । दुर्घटनामा कारुनीक दृश्यहरु पनि देखिएका छन् ।

६ महिनाकाे दुधे बालकसहित आमा पनि याे दुर्घटनामा परेका छन् । साेहि वडाकी अन्दाजी २४ वर्षीया सुनिता बोहरा पुन मगर र उनकाे ६ महिनाकाे छाेरी दुर्घटनामा परेका हुन् । आमाकाे अवस्था गम्भीर भएकाेले उनलाइ जिल्ला अस्पताल सल्यानमा ल्याएकाे र त्यहाँ उपचार हुन नसक्दा बाहिर रिफर गर्ने तयारी गरिएकाे छ ।

उनकाे टाउकोमा गहिरो चोट लागेकाे छ भने उनि पुरै अचत अबस्थामा छिन् । दुर्घटनामा सामान्य घाइते भएकी ६ महिनाकाे छाेरीलाइ भने बागचाैरमा एकजना महिलाले हेरिरहेकी छन् । ‘छाेरीलाइ मैले सम्हालिरहेकी छु । राेइराखेकी छन् । आमालाइ अचेत अवस्तामा खलंगा लिइयाे । घटना निकै कारूनीक छ ।’, ति महिलाले भनिन् ।

प्रकाशित मिति : २०७९ असोज १५ गते शनिवार