• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

सल्यान जिमाली दुर्घटनामा घाइते भएकी महिलालाई उपचारका लागि हेलिकप्टरमा लगियाे


असाेज १५, सल्यान ।

शनिबार बिहान सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ७ जिमालीमा भएकाे जीप दुर्घटनामा परि गम्भीर घाइते भएकी एक महिलालाइ थप उपचारका लागि हेलिकप्टरमा नेपालगन्ज लगिएकाे छ ।

दुर्घटनामा परि अचेत अवस्थामा रहेकी २४ वर्षीया सुनिता बोहरा पुन मगरलाइ उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएकाे थियाे । त्यहाँ उपचार संभव नभएपछि उनलाइ थप उपचारका लागि नेपाली सेनाकाे हेलिकप्टरमार्फत नेपालगन्ज रिफर गरिएकाे प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए ।

दुर्घटनामा घाइते भएका अन्य व्यक्तिहरुकाे एम्बुलेन्समा नेपालगन्ज रिफर गरिएकाे छ भने केहि बागचाैर स्थित विभिन्न अस्पतालहरुमा छन् ।

दुर्घटनामा परि कुमाख गाउँपालिका ७, डुमकोटका अन्दाजी ३९ वर्षका मान बहादुर पुन साेही ठाउँका अन्दाजी १४ वर्षकी एनका पुन रहेका छन् । उनिहरु एउटै घरका अंकल भतिजी हुन् ।

गाडी खैराबाङ दर्शनका लागि रिजर्भमा जान लागेकाे थियाे । जीप उकालोमा ब्याक गर्ने क्रममा पल्टिएर सडकभन्दा १०० मिटर तल खसेको छ ।

प्रकाशित मिति : २०७९ असोज १५ गते शनिवार