• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

तुलसीपुर नगर स्तरीय फुटबल प्रतियोगिता २०७९- DANG WATASHINO CUP सम्पन्न


Author Logo..
रमेश परियार

तुलसीपुर, १६ असोज । नेपाल कम्युनिस्ट पार्टी ‘बहुमत’ को सहायक संगठन युवा जनस्वयमसेवक नेपाल दाङको आयोजना – Dang WATASHINO Abroad Educational Consultancy Pvt.Ltd. द्वारा मुल प्रायोजनमा “स्वास्थका लागि खेलकुद रास्ट्रका लागि खेलकुद” भन्ने मुल उदेश्यका साथ तुलसीपुर नगर स्तरीय फुटबल प्रतियोगिता २०७९- DANG WATASHINO CUP सम्पन्न भएको थियो ।

उक्त समापन समारोह युवा जनस्वयमसेवक नेपाल दाङका अध्यक्ष अजय दुलालको अध्यक्षता नेकपा ‘बहुमत’ का केन्द्रीय कार्यालय सदस्य एवं युवा जनस्वयमसेवक नेपालका केन्द्रिय फ्याक्सन इन्चार्ज दिपक चलाउने को प्रमुख आतिथ्यता – नेकपा ‘बहुमत’ का केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी व्युरो इन्चार्ज सार्दुल को विशिस्ट अतिथी – साथै अतिथिहरु:- नेकपा ‘बहुमत’ का केन्द्रीय सदस्य एवं दाङ जिल्ला इन्चार्ज तिलक पुन , दाङ जिल्ला संयोजक विरेन्द्र , गणतान्त्रिक खेलकुद महासंघ का केन्द्रीय सदस्य विवेक , अनेरास्ववियु दाङ जिल्ला अध्यक्ष निर्मला खड्का मजदुर संगठन दाङ जिल्ला अध्यक्ष प्रेम , नेकपा ‘बहुमत’ तुलसीपुर नगर इन्चार्ज सजक (शेरु) को विशेष उपस्थिति रहेको थियो । मिति २०७९/६/१० गतेको शुभारम्भ भएको खेल मिति २०७९/६/१५ गते समापन भएको थियो । उक्त फुटबल खेलमा तुलसीपुर नगर भित्र का वडा स्तर बाट १६ वटा टिम सहभागी रहेको थियो ।

सम्पुर्ण टिमलाई पराजित गर्दै वडा नं. ६ र वडा नं. ७ फाइनल प्रवेश गरेको थियो । फाइनल खेल समय अवधि पूरा हुँदा १-१ को बराबरी भएपछी खेल झन रोचक भएको थियो । अन्तिमा पिलान्टी मा वडा नं. ७ ले वडा नं. ६ लाई १ गोल का विरुद्ध ३ गोल हानी प्रथम उपाधी आफ्नो हात पार्न सफल भएको थियो भने वडा नं. ६ दोस्रो स्थान प्राप्त गरेको थियो ।

प्रथम पुरस्कार नगद रु.५०००० – ट्रफी – गोल्ड मेडल प्रमाणपत्र थियो भने दोस्रो पुरस्कार नगद रु. २५०००- सिल्भर मेडल – प्रमाणपत्र रहेको थियो । आयोजनले तुलसीपुर फुटबल खेलका प्रशिक्षकहरु : सुधिर गुरुङ , दुर्गा रावत लाई सम्मानपत्र प्रदान गरेको थियो भने रेफ्रीहरु : शिवहरी शर्मा , खुम बहादुर वलि , सुरेश बुढामगर , कमल पुन , लिलाधर नेपाली लाई सम्मानपत्र प्रदान गरेको थियो । उक्त समापन समारोह कार्यक्रममा पत्रकार रमेश परियारले गरेको कुराकानीमा प्रमुख अतिथी चलाउने ले विजेता टिमलाई धन्यवाद एवं पराजित टिमलाई अझै मेहनत र लगनशीलता का साथ आफ्नो खेल प्रती पुर्णरुपमा कडा मेहनतका साथ लाग्न हौसला प्रदान गर्नु पर्ने बताउनु भएको थियो ।

खेल हो हार-जित हुनु स्वाभाविक हो तर आत्मवल कहिले हार्नु नहुने भन्नू भएको थियो उहाँले अहिले को राजनीति खेल खेलाडी विहिन – गोल विहिन रहेको र नेपालको अहिले को संसदीय लोकतान्त्रिक व्यवस्था र चुनावी प्रक्रियाले गर्दा राम बहादुर या श्याम बहादुर ले चुनाव जिते पनि देश र जनताले यो व्यवस्था बाट कहिले पनि भ्रष्टाचार , महंगि , दलाल पुजीवादी तत्व , ज्यातिथी , न्याय , रोजगार , विकास कार्यहरु लगाएतका मुख्य अधिकार पाउन नसक्ने बताउनु भएको थियो ।

साथै उहाँले आफ्नो पार्टीले आउदै गरेको मंसिर ४ गतेको संघ र प्रदेश को चुनावको वहिस्कार र स्वाधीनता रहितको संयुक्त सरकार जहाँ प्रत्येक्ष निर्वाचित रास्ट्रपति , प्रधानमन्त्री , प्रमुख न्यायाधीश हुनु पर्छ र अनि मात्र देश र जनताले चाहेको न्यायपुर्ण सरकार निर्माण हुने र यो नै पार्टी को मुल विचारधार रहेको भन्नू भएको थियो र आउदै गरेको नेपालीहरुको महान चार्ड विजया दशमी को देश- विदेशमा रहनु भएका नेपालिजन प्रती पार्टी र आफ्नो व्यक्तिगत रुपमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रम को सहजीकरण लिलाधर नेपाली ले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७९ असोज १६ गते आइतवार