• २०७९ माघ १३ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा बिहे गर्छु भन्दै जंगलमा लिएर बलात्कार गरी कुटपिट गरेर बेहोस् बनाइयो


कार्तिक १४, सल्यान । सल्यानमा जघन्य बलात्कारको घटना घटेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ को जंगलमा एक किशोरीमाथि एक युवकले बलात्कार गरेर घाइते बनाएको आरोप लागेको छ । सोही नगरको वडा नम्बर ३ बामे बस्ने २० वर्षका रेबन्त बुढाले बिहे गर्ने भनी घर लिदै गर्दा जंगलमै किशोरीलाई बाटैमा बलात्कार गरेको खुलेको छ ।

घटना कसरी भयो ?

स्रोतका अनुसार किशोरीको घर सल्यान भन्दा बाहिरी जिल्लामा पर्दछ । उनलाई ती केटाले बिहे गर्ने भन्दै कार्तिक १२ गते दिउँसो सल्यान ल्याइपुर्याएका थिए ।

दिउँसोभर ती किशोरी र केटा सँगै सल्लीबजारमा ओहोरदोहोर गरिरहेको स्थानीयहरु बताउँछन् । रातपरेपछि केटाले आफ्नो घर लिने भन्दै वडा नम्बर १ को माल्पे जंगलमा पुर्याएका थिए ।
ती किशोरीले भनेअनुसार सुरुमा केटाले एकपटक बलात्कार गरे । त्यसपछि अर्कोपटक बलात्कार गर्न खोज्दा किशोरीले प्रतिवाद गरिन् ।

केटा आक्रोशमा आएर किशोरीलाई कुटपिट गरे । किशोरी बेहोस भएपछि त्यहाँबाट केटा भागे । धेरै समयपछि किशोरी होसमा आइन् र नजिकैको घरमा पुगिन् । त्यसपछि भोलिपल्ट स्थानीयहरुको सहयोगमा उनी प्रहरीमा पुगेको बताइएको छ ।

बलात्कारको आरोप लागेका २० वर्षका रेबन्त बुढालाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सल्यानमा ल्याएको छ । किशोरीको जाहेरीका आधारमा उनलाई प्रहरीले जबरजस्ती करणी गरि ज्यान मार्ने उधोग गरेको मुद्दा शिर्षकमा मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १४ गते सोमवार