• २०७९ माघ १३ गते शुक्रवार
  • Preeti To Unicode

पत्रकारिता निष्पक्ष ढंगकाे हुनुपर्छः ज्वाला


मंसिर २, सल्यान ।

पुर्व प्रदेश मन्त्री तथा प्रतिनिधि सभाका उम्मेदवार प्रकाश ज्वालाले पत्रकारिता निष्पक्ष ढंगकाे हुनुपर्ने बताएका छन् ।

सल्यान खलंगामा भएकाे लेकाली अनलाइनकाे पाँचाै वार्षिकाेत्सब कार्यक्रममा बाेल्दै उनले मिशन मात्रै हेरेर पत्रकारिता गर्न नहुने र निष्पक्ष रुपमा व्यवसायीक पत्रकार बन्नुपर्ने बताए । पत्रकारिताकाे धर्ममा नरहेर कसैकाे बिरुद्ध र समर्थमा पत्रकारहरु प्रयाेग हुन नहुने उनकाे भनाइ थियाे ।

सम्वृद्ध सल्यान बनाउने सवालमा सबै मिलेर काम गर्ने र त्यसकाे मुख्य भुमिका पत्रकाहरुले निभाउनु पर्ने ज्वालाले बताए ।

लेकाली अनलाइनलाइ शुभकामना दिदै उनले लेकाली अनलाइन एउटा गतिमा हिडेकाे बताए । लेकाली अनलाइनसँग गलत गर्नेहरु डाराउने गरेकाे र अन्यायमा परेकाहरुले माया गर्ने गरेकाे समते उनकाे भनाइ थियाे ।

प्रकाशित मिति : २०७९ मङ्सिर २ गते शुक्रवार