• २०७९ चैत्र १२ गते आइतवार
  • Preeti To Unicode

नेचा सल्यानमा मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिए


नेचा सल्यानमा मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिए

मंसिर ३, सोलुखुम्बु ।

सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–५ मा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका छन्।

सर्लाहीको हरिपुर्वा नगरपालिका–५ स्थायी ठेगाना भई फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै ठाउँमा मृत भेटिएका हुन् ।

गएराति मतदान केन्द्रमै सुतेका राय आज बिहान ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलेखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी रामकिशोर साहले जानकारी दिए।

रायलाई लामो समयदेखि सुगर र मुटुको समस्या रहेको पाइएको उनले बताए । राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए।

प्रकाशित मिति : २०७९ मङ्सिर ३ गते शनिवार