गठबन्धन बिरोधी कार्य गरेको भन्दै कांग्रेसले सल्यानमा २२ जना नेतालाई पार्टीबाट निस्कासन गर्यो
मंसिर ३, सल्यान ।
गठबन्धन बिरोधी कार्य गरेको भन्दै नेपाली काँग्रेस सल्यानले जिल्लाका २२ जना नेताहरूलाई कारबाही गरेको छ ।
कांग्रेसको निति विधान विपरीत कार्य गरेको भन्दै २२ जना नेतालाई ५ वर्ष सम्मका लागि साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको जिल्ला सभापति केश बहादुर विष्टले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
कारबाही पर्ने नेताहरुमा जिल्ला सचिव एकराज बुढाथोकी, जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका बेलाराम रावत, प्रदेश कमिटी सदस्य कालि प्रसाद भण्डारी सहितका नेताहरु रहेका छन् ।
हेर्नहोस् सुचि