• २०७९ माघ १३ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा ५३.२ प्रतिशत मत खस्याे


मंसिर ४, सल्यान ।

सल्यानमा ५३.२ प्रतिशत मत खसेकाे जिल्ला निर्वाचन कार्यालयले जनाएकाे छ ।

कुल १ लाख ५९ मतदाता रहेकाे सल्यानमा ५३.२ प्रतिशतले मतदान गरेकाे जिल्ला निर्वाचन कार्यालय सल्यानका प्रमुख निमराज भट्टराईले बताए । उनकाअनुसार पुरूष ४० हजार २१ र महिला ४४ हजार १ गरेर कुल ८४ हजार २२ मत खसेकाे छ ।

जिल्लाका विभिन्न ठाउँहरुमा रहेका मतदान केन्द्रका मतपेटीका अहिले सदरमुकाम खलंगामा ल्याउन लागिएकाे उनकाे भनाइ छ । सदरमुकाम नजिकका मतपेटीका खलंगा आइसकेका छन् भने टाढाका मत पेटिका आउन केहि समय लाग्नेछ ।

सबै मतपेटीका आइसकेपछि जिल्ला समन्वय समितिकाे हलमा गणना हुने बताइएकाे छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ४ गते आइतवार