• २०७९ मङ्सिर १७ गते शनिवार
  • Preeti To Unicode

कांग्रेस कर्णालीका सभापतिलाइ कांग्रेसकै बागी उम्मेदवारले पराजित गरे


मंसिर ७, जुम्ला ।

नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीलाइ उनकै पार्टीका बागी उम्मेदवारले हराएका छन् ।

जुम्ला (क) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेका देवेन्द्रबहादुर शाहीले ललितजंग शाहीलाइ हराउँदै निर्वाचित भएका छन्।

नेपाली कांग्रेसबाट बागीका रूपमा स्वतन्त्र उम्मेदवारी दिएका शाही ९ हजार ६५४ मतसहित निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीले ७ हजार ७ सय ५५ मत ल्याएका छन्।

नेकपा एमालेका उम्मेदवार धीरेन्द्र गिरीले ५ हजार ४६० मत ल्याए।

गठबन्धनका क्रममा प्रदेश सभापति ललितजंग शाहीले प्रदेशमा टिकट पाएपछि कांग्रेसभित्रैका आकांक्षी देवेन्द्रबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

उनले गठबन्धनका आधिकारिक उम्मेदवारलाई १ हजार ८९९ मतले पछि पारेका हुन्।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार