• २०७९ मङ्सिर १७ गते शनिवार
  • Preeti To Unicode

मत गणना नसकिदै सल्यान प्रदेशसभा (क) मा भिम प्रकाश शर्मा विजयी


मंसिर ७, सल्यान ।

सल्यानकाे प्रदेशसभा (क) मा गठबन्धनबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका भिम प्रकाश शर्माकाे जित निश्चित भएकाे छ ।

मत गणना गर्ना ५ हजार ८ सय ७२ बाँकी रहेकाेमा शर्मा ६ हजार ७ सय ३७ मतले अगाडी छन् । यस आधारमा शर्माकाे जित निश्चित भएकाे हाे ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कुल बहादुर गिरीले १२ हजार १ सय ३३ मत ल्याएका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार