• २०७९ मङ्सिर १७ गते शनिवार
  • Preeti To Unicode

सल्यानमा मतगणना नसकिदै एकीकृत समाजवादीका प्रकाश ज्वाला विजयी


मंसिर ७, सल्यान ।

सल्यान प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला विजयी भएका छन् ।

मत गणना नसकिदै ज्वालाको विजयी निश्चित भएको हो । कुल ८४ हजार २२ मत खसेको सल्यानमा १० हजार ३ सय ७१ मत गणना गर्न बाँकी रहँदा ज्वाला १३ हजार ९ सय ६ मतले अगाडि छन् ।

यस आधारमा मत गणना नसकिदै ज्वालाको जित निश्चित भएको हो । उनका प्रतिद्वन्द्वी स्वतन्त्रत उम्मेदवार राजेन्द्र बहादुर शाहले १७ हजार २ सय ६२ मत ल्याएका छन् भने ज्वालाले ३१ हजार १६८ मत ल्याएका छन् ।

एमाले भने निकै कमजोर मत सहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार