• २०७९ मङ्सिर १७ गते शनिवार
  • Preeti To Unicode

सल्यानमा २८ वर्षपछि कांग्रेसले जित्यो संसदीय चुनाव, प्रदेशसभामा सुरेश अधिकारी विजयी


 

मंसिर ७, सल्यान ।

संसदीय निर्वाचनमा नेपाली कांग्रेसले सल्यानमा २८ वर्षपछि निर्वाचन जितेको छ । २०५१ सालको आम निर्वाचनपछि सल्यानमा कांग्रेसले संसदीय चुनाव जितेको थिएन् ।

यसपटक गठबन्धनको बलमा कांग्रेसले सल्यान प्रदेशसभा (ख) मा निर्वाचन जितेको हो । गठबन्धनबाट उम्मेदवार बनेका सुरेश अधिकारीले २८ वर्षपछि सल्यानमा कांग्रेसको साख जोगाएका छन् ।

अधिकारीको विजय आधिकारिक रुपमा घोषणा हुन भने बाँकी छ ।

अधिकारी तत्कालीन जिल्ला विकास समितिमा लामो समय सहायक एलडियोको रुपमा अनुभव समेत गरिसकेका छन् । जिविसमा काम गरिसकेपछि उनि शारदा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

पाँच वर्ष शारदा नगरपालिका प्रमुखमा जिम्मेवारी सम्हालेका अधिकारी अहिले प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । उनलाई कर्णाली प्रदेशको भावी मन्त्रीका रुपमा समेत हेरिएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार