• २०७९ मङ्सिर १७ गते शनिवार
  • Preeti To Unicode

दाङमा शान्तिपुर्ण निर्वाचन सम्पन्न भएसंगै सुरक्षार्थ खटिएका म्यादी प्रहरीहरुलाई बिदाई


Author Logo..
सागर थापा

दाङ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को सुरक्षा प्रयोजनार्थ जिल्ला प्रहरी कार्यालय दाङबाट नियूक्त गरिएका म्यादी प्रहरीहरुलाई मङ्सिर ८ गते जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी वीर बहादुर वली तथा जिल्ला प्रहरी कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थितिमा बिदाई कार्यक्रम सम्पन्न गरियो छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ लाई स्वतन्त्र निस्पक्ष ,भयरहित तथा शान्तिपुर्ण बातावरणमा सम्पन्न गर्न सराहनिय तथा बिशेष भुमिका निर्वाह गर्नु भएकोमा सम्पुर्ण म्यादी प्रहरीहरुलाई धन्यवाद ब्यक्त गरी बिदाई कार्यक्रम सम्पन्न गर्नु भएको ।

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार