• २०७९ मङ्सिर १७ गते शनिवार
  • Preeti To Unicode

नेकपा सल्यानले नवाैं पुर्नगठन दिवस झिम्पेमा मनायाे


मंसिर ८, सल्यान ।

पार्टीकाे नवाैं पुर्नगठन दिवसकाे अवसरमा नेपाल कम्युनिस्ट पार्टी सल्यानले छत्रेश्वरी गाउँपालिकाकाे झिम्पेमा विषेश कार्यक्रम सम्पन्न गरेकाे छ ।

उक्त कार्यक्रमलाइ सम्बाेधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सविन पाेखरेलले नेपालमा राष्ट्रघात गर्न र देशबेच्न विभिन्न रुप रङ्गका पात्र र मानिस आइरहेको बताए । विभिन्न रुप र रङ्गका मानिस र पात्रहरुबाट देशमा पटक पटक राष्ट्रघात भएको उनकाे तर्क थियाे । उनले भने, ‘हालै सम्पन्न दलाल पुँजिवादी संसदीय व्यवस्थाकाे निर्वाचनबाट शंख घण्ट बजाउदै केही नयाँ खालका दलाल र विदेशी एजेण्टहरु देखा परेका छन्, यिनिहरुले देशमा थप राष्ट्रघात गर्नेछन्।’

अहिले निर्वाचनमा कसैले विजयी भयाैं भनेर निकालेका जुलुसहरू संसदीय व्यवस्थाकाे मलामी जुलुस भएकाे बताए ।

कार्यक्रममा सम्बाेधन गर्दै पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य भीम भारतीले नेपालकाे विकास र उन्नतिका लागि वैज्ञानिक समाजवादी व्यवस्था अपरिहार्य भएको बताए । ‘नेपाली माटो सुहाउँदो वैज्ञानिक समाजवादी व्यवस्थाबाट मात्रै याे देशको विकास सम्भव छ’, उनले भने ।

कार्यक्रममा २०५८ साल मंसिर ८ गते जनमुक्ति सेना घाेषणा भएको दिन जनयुद्ध लडदा लडदै सहिद भएका खिम बहादुर बुढा ‘विजय’ र अन्य सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तस्बिरमा माल्यार्पण गरिएकाे थियाे । कार्यक्रममा सहभागीहरुबिच एकाअर्कालाई अबिर आवरण र नाचगान गरिएकाे थियाे ।

नेकपाका जिल्ला सेक्रेटरी मदन चन्दकाे अध्यक्षतामा भएको कार्यक्रमकाे संचालन जिल्लाका सचिवालय सदस्य तथा युवा संगठन नेपालका केन्द्रीय सदस्य प्रकाश गिरीले गरेका थिए ।

कार्यक्रममा उपस्थितहरुलाई सेर बहादुरले स्वागत मन्तव्य दिएर स्वागत गरेका थिए । कार्यक्रममा जिल्लाका विभिन्न सहिद परिवार तथा आफन्तहरुकाे सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार