• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

सल्यानमा अहिलेसम्म समानुपातिक मतमा एमाले पहिलो, घन्टीले कति ल्यायो ?


सल्यानमा अहिलेसम्म समानुपातिक मतमा एमाले पहिलो, घन्टीले कति ल्यायो ?

मंसिर ९, सल्यान ।

सल्यानमा समानुपातिक तर्फ अहिलेसम्मको मतगणनामा एमाले पहिलो स्थानमा छ ।

कुल ३७ हजार ५ सय ७२ मतगणना गर्दा एमालेले ११ हजार ९ सय ५३ मत ल्याएर पहिलो स्थानमा छन् ।

कांग्रेसले १० हजार ८ सय ९९ मत ल्याएर दोस्रो स्थानमा छ भने माओवादीले ५ हजार ३ सय ३५ मत ल्याएर तेस्रो स्थानमा छ ।

एकीकृत समाजवादीले ३ हजार ६६ मत ल्याएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले १९ सय ४४ मत ल्याएर चौथो स्थानमा छ ।

यो मत त्रिवेणी, कपुरकोट, कालिमाटी, छत्रेश्वरी गाउँपालिका र शारदा तथा बनगाड कुपिण्डेका केही वडाहरुको हो । अन्यको गणना भैरहेको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ९ गते शुक्रवार