मंसिर २७, सल्यान ।
सल्यानको शारदा नगरपालिकाले श्रीनगरको बसपार्क स्थित ऐलाली जग्गामा बनाइएका घर टहरा भत्काउन ३५ दिने अल्टिमेटम दिएको छ । मंसिर २६ गते एक सुचना जारी गर्दै नगरपालिकाले अत्याधुनिक बसपार्क बनाउने भन्दै ऐलानी जग्गामा भएका घर टहराहरु हटाउन ३५ दिनकाे सुचना दिएकाे हाे ।
याे भन्दा भण्डै ३ वर्ष अघि तत्कालिन मेयर सुरेश अधिकारीले पनि अत्याधुनिक बसपार्क बनाउने भन्दै घर टहरा भत्काउन सुचना जारी गरेका थिए । तर त्यसबेला अधिकारी सफल हुन सकेनन् । सुरेश अधिकारीले सुचना जारी गरेपछि साढे दुइ वर्षसम्मकाे कार्यकालमा उनले घर टहरा हटाउन सकेनन् । यस अवधिमा बसपार्क निर्माण हुन नसक्दा संघ र प्रदेशबाट परेकाे कराडाैं बजेट फ्रिज हुन पुग्याे ।
फेरि यसपटक मेयर प्रकाश भण्डारीले बसपार्क बनाउने भन्दै ३५ दिने सुचना जारी गरेका छन् । बसपार्क क्षेत्रमा निर्माण भएका अवैध घर टहरा हटाउन त्यति सहज भने देखिदैन् । मेयर भण्डारीले कसैकाे मन नदुखाएर काम गर्ने बताए । ‘यहाँ हामीले पहिचान गरेकाेमा वास्तविक सुकुम्बासी ३ जना हुनुहुँदाे रहेछ । उहाँहरूलाइ अनेन्त्र व्यवस्थापन गर्छाैं’, मेयर भण्डारीले लेकाली अनलाइनसँग भने ।
बसपार्क क्षेत्रमा बनाइएका घर टहरा ३५ दिनभित्र हटाउन आग्रह गरिने यदि कसैले नहटाए ३६ दिनमा डाेजर लिएर हटाउने मेयर भण्डारीले बताए । श्रीनगर बजार सल्यानकै एउटा नमुना बजार भएकाे र यसकाे साैन्दर्यताकाे लागि र आर्थिक उन्नतिकाे लागि बसपार्क आवश्यक गरेकाे उनले बताए ।
श्रीनगरमा आधुनिक बसपार्ककाे डिपिआर भएकाे थुप्रै समय हुँदा पनि यहाँ बसपार्क हुन सकेकाे छैन् । बसपार्ककाे निर्माण कार्य पटकपटक राेकिदा कराेडाैं बजेट फ्रिज हुँदै आएकाे छ ।