तुलसीपुर,८ पुस । दाङ तुलसीपुरका ब्यबसायी निमबहादुर बुढाथोकी विहान झिस्मिसेमा कुचो बोक्नु हुन्छ, अनी पुग्नु हुन्छ बसपार्क । उहाँ प्रत्येक शनिबार तुलसीपुर बसपार्कमा सरसफाई गर्नुहुन्छ । न त उहाँ बसपार्क सफा गर्ने कर्मचारी नै हो । सामाजिक उत्तर दायित्व बहन गर्दै उहाँले हप्ताको एक पटक बसपार्क पुगेर सरसफाई गर्नु हुन्छ । यसरी बसपार्क सरसफाई गर्न लागेको २ बर्ष भयो ।
तुलसीपुर बसपार्क फोहर थियो । अब्यबस्थित रुपमा फोहर फालिएको थियो । तर, कसैले पनि त्यो फोहर उठाउँदैनथे । त्यसैले पनि उहाँले सरसफाई गर्न कर्मचारी नै हुनु पर्दैन्, आफै पनि सरसफाई गर्न सकिन्छ, भनेर लाग्नु भयो । निमबहादुर बुढाथोकी, अभियन्ता आफ्नो फोहर सफा गर्नु पर्छ, भन्ने सन्देश दिन उहाँले यसरी फोहरलाई सफा गर्न सुरु गर्नुभएको हो ।
उहाँले केही डस्टविनहरु पनि त्यहाँ राख्नुभयो । सबैलाई त्यही डस्टविनमा फोहर राख्न अनुरोध पनि गर्नुभयो । उहाँ तुलसीपुर बसपार्क स्थित बुढाथोकी सप्लायर्सको सञ्चालक पनि हुनुहुन्छ । २०७७ फागुनदेखि उहाँले नियमित प्रत्येक हप्ता सरसफाई गर्न थाल्नु भएको थियो । सुरुमा एक्लै सरसफाई गरेपनि पछि उहाँको त्यो कामलाई सहयोग गर्न अरु पनि थपिएपछि झनै सहज भयो । बसपर्क क्षेत्र धेरै नै फोहर भएपछि आफू पनि यो अभियानमा जोडिएको तुलसीपुरका युवा राजु विकले भन्नुभयो ।
राजु विक अहिले ५ जनाले प्रत्येक शनिबार बसपार्क सरसफाई गर्दै आउनुभएको छ । विगतमा बसपार्क फोहोर हुने गरेको थियो । तर, नियमित सरसफाई गर्ने गरेपछि बसपार्क सफा हुने गरेको यातायात ब्यबसायी टंक विकले बताउनुभयो । टंक विक, ब्यबसायी स्थानीय सरकारले पनि बसपार्क सरसफाईमा चासो नदिएको अबस्थामा उहाँहरुले उदाहरणीय कार्य गरेको भन्दै सबैबाट प्रशंसा हुने गरेको छ । उहाँहरुले फोहर एक ठाउँमा राखेपछि त्यो फोहर लिन उपमहानगरपालिकाको गाडी आउछ ।
निराजन डाँगी,ग्यालेक्सि फोके, दाङ