माघ ०१, / तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ को सवै भन्दा ठुलो टोल राम नगर टोल विकास संस्थामा नया कार्यसमिति चयन गरिएको छ । आज शनिबार टोल भेला बाट आगामी २ वर्षे कार्यकालको लागि नया समिति चयन गरिएको हो । टोलका निवर्तमान अध्यक्ष रोशन ओलीको अध्यक्षतामा बसेको भेलाले खेमराज विश्वकर्माको अध्यक्षतामा ९ सदस्य नया कार्यसमिति गठन गरेको हो ।
जसको उपाध्यक्ष मा चिनी बिश्वकर्मा सचिवमा नवराज घिमिरे सहसचिवमा संदेश गौतम कोषाध्यक्षमा संगीता मल्ल सदस्यहरुमा तुलसी कुमारी चन्द,तुलसी केसी,पवित्रा चन्द र गोबिन्द ढकाल रहनुभएको छ । करिव ४ सय घरधुरी रहेको टोल विकास संस्थामा विगत ८ वर्ष देखि नया कार्यसमिति चयन हुन सकेको थिएन । उक्त भेलाको सहजीकरण टोलका निवर्तमान सचिव यादव देवकोटाले गर्नु भएको थियो ।