• २०७९ माघ १३ गते शुक्रवार
  • Preeti To Unicode

बाँकेको जमुनाह प्रहरीले खैरो ब्राउन सुगरसहित दाङका १ जना युवक पक्राउ


Author Logo..
महेन्द्र सिंह

बाँके । भारतसंग सिमा जोडिएको बाँके जिल्ला अन्तरगत जमुनाहा नाकाबाट नेपाली एक युवक ९ ग्राम खैरो ब्राउन सुगर सहित रङ्गेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ घोराहि उप म न पा १४ नयाँ बजार बस्ने १९ वर्षीयको महेन्द्र बुढा मगर रहेको ईलाका प्रहरी कार्यालय जमुनाहाका ईन्चार्ज वरिष्ठ सई पुर्ण बिकले जानकारी दिनु भयो । वरिष्ठ सई बिकका अनुसार महेन्द्र बुढा मगर भारतबाट नेपाल आउदै गर्दा जमुनाहा चेक पोस्टमा चेकजाँच गर्ने क्रममा पाईन्टको गोजि भित्रबाट ९ ग्रामको खैरो ब्राउन सुगर फेला परेपछि उनी रङ्गे हात पक्राउ परेका हुन् । पक्राउ परेका मगरलाई थप अनुसन्धानको लागि नियन्त्रणमा ल्याइ हिरासतमा राखिएको छ भने कानुनी सजाय हदैसम्मको हुने जमुनाह प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ माघ ५ गते बिहिवार