• २०७९ माघ १३ गते शुक्रवार
  • Preeti To Unicode

श्रीनगरबाट दमाचौर हुँदै जलेखर्कसम्म सिधा बस संचालन


माघ ६, सल्यान ।

सल्यानको श्रीनगरबाट दमाचौर हुँदै जलेखर्कसम्म सिधा बस संचालनमा आएको छ ।

यसअघि श्रीनगरदेखि दमाचौरसम्म संचालन हुँदै आएको बस अबदेखि जलेखर्कसम्म संचालन हुने भएको हो ।

छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ ले दमाचौर- मयानी- पलाटे- जलेखर्क सडकलाई फराकिलो बनाई मर्मत गरेपछि बस सेवा संचालनमा आएको हो ।

यहाँ बस संचालन भएसँगै छत्रेश्वरी १, बागचौर ९ र रोल्पा गंगादेव ३ नम्बर वडाबासीलाई सहज हुनेभएको छ ।

बिहिवार दमाचौर हुँदै जलेखर्कमा पुगेको बसलाई छत्रेश्वरी १ का वडाध्यक्ष प्रकाश हमाल सहित स्थानीयहरुले स्वागत गरेका थिए । बस जलेखर्कबाट श्रीनगर बिहान र श्रीनगरबाट जलेखर्क दिउँसो ३ बजे छुट्ने बताइएको छ ।

प्रकाशित मिति : २०७९ माघ ६ गते शुक्रवार