• २०७९ माघ १३ गते शुक्रवार
  • Preeti To Unicode

बंगलादेशमा भएकाे म्याराथनमा सल्यानकी पुस्पा भण्डारीले जितिन् स्वर्ण पदक


माघ ६, सल्यान ।

बंगलादेशको ढाकामा आज भएको बंगबन्धु शेष मुजिम ढाका म्याराथनमा महिलातर्फ सल्यानकी पुस्पा भण्डारीले स्वर्ण जितेकी छन् ।

उनले ४२.१९५ किलोमिटर निर्धारित दुरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पुरा गर्दै प्रथम हुन सफल भइन । श्रीलंकाकी खेलाडी दोस्रो भएकी छन् भने नेपालकै वृन्दा श्रेष्ठ धानुके तेस्रो हुन सफल भएकी छन् ।

पुस्पा बंगबन्धु शेष मुजिम ढाका म्याराथन २०२१ कि पनि स्वर्ण पदक विजेता हुन भने २०२२ को सोही म्याराथनमा कास्य पदक जितेकी थिइन् ।

पुस्पाले १३औँ साग गेममा रजत पदक जितेर पदक जित्ने किर्तिमानी समेत बनाएकी छन् ।

प्रकाशित मिति : २०७९ माघ ६ गते शुक्रवार