माघ १०, सल्यान ।
आई. एम.ई. लाइफ इन्स्योरेन्सले दुर्घटनामा परि मृत्यु भएका सल्यानका एक युवाकाे परिवारलाइ बिमाकाे रकम हस्तान्तरण गरेकाे छ ।
शारदा नगरपालिका वडा नं. २ खलंगा गैरागाउँ निवासी सुजित सिंह थापा (सुमित)काे गत मंसिर ११ गते बांकेमा बाइक दुर्घटनामा परि मृत्यु भएपछि उनकाे परिवारलाइ आई. एम.ई. लाइफ इन्स्योरेन्सले मंगलबार बिमाकाे रकम हस्तान्तरण गरेकाे हाे ।
थापाले २ बर्ष अगाडि आई. एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा सल्यानबाट रु ५ लाखकाे आजिवन विमा बनाई मात्रै २ किस्ता बाफतकाे ४८ हजार रुपैया तिरेका थिए ।
थापाले तिरेकाे ४८ हजार र मृत्युु दाबी बाफतकाे रकम १० लाख गरी १० लाख ४८ हजार कम्पनीले थापाकाे परिवारलाइ हस्तान्तरण गरेकाे हाे ।
शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारी, आई. एम.ई. लाइफ इन्स्योरेन्स सल्यान शाखाका प्रमुख भरत राेकाय लगाएत अन्य कर्मचारी र पत्रकारकाे उपस्थितिमा बिमा रकम हस्तान्तरण गरिएकाे हाे । रकम हस्तान्तरण गर्दै मेयर भण्डारीले बिमा जिवनका लागि अपरिहार्य भएकाे बताए ।