माघ १२, सल्यान ।
लामाे समयदेखि राेकिएकाे जग्गाकाे कित्ताकाट सल्यानमा बागचाैर नगरपालिकाकाे मात्रै खुल्ला भएकाे छ ।
नयाँ भु–उपयोग नियमावली २०७९ अनुसार बागचाैर नगरपालिकाले जग्गाको वर्गिकरण गरेपछि जग्गाको कित्ताकाट खुल्ला भएको मालपाेत कार्यालय सल्यानले जनाएकाे छ । अन्य पालिकाहरुको भने प्रक्रिया मै रहेको छ ।
नयाँ भु–उपयोग नियमावलीमा जग्गाको वर्गिकरण दश प्रकारकाे रहेकाे छ । जसमा दुइवटा प्रकार मात्रै छुट्टाएर पनि काम गर्न सकिनेछ । कृषि याेग्य जमिन र गैरकृषि याेग्य जमिन छुट्टाउनुपर्ने छ ।
कृषि याेग्य जमिनकाे हकमा दुइ राेपनी भन्दा कम जग्गाकाे कित्ताकाट गर्न पाइने छैन भने गैरकृषि याेग्य जमिनमा चार आना भन्दा कमकाे जग्गा कित्ता काँट गर्न पाइदैनन् ।
पालिकाहरुलाइ भने कृषि याेग्य र गैरकृषि याेग्य जमिन छुट्याउन मुस्किल भएकाे छ । पालिकामा अमिनकाे कमि हुन र प्रयाप्त दक्षजनशक्ती नहुँदा काम हुन सकेकाे छैन् ।