• २०७९ चैत्र ११ गते शनिवार
  • Preeti To Unicode

भवन बनेकाे भण्डै ४ वर्षपछि बागचाैर नगरपालिकाकाे कार्यालय आफ्नै भवनमा सर्याे


माघ १३, सल्यान ।

सल्यानको बागचौर नगरपालिका आफ्नै भवनमा सरेकाे छ । भवन निर्माण भएको झण्डै चार वर्षपछि नगरपालिकाकाे कार्यालय शुक्रबार आफ्नै भवनमा सारिएकाे छ ।

शुक्रबार झाँकी र र्याली सहित भाडाकाे भवनबाट नगरपालिकाकाे भवनमा कार्यालय सारिएकाे हाे । आफ्नै भवनमा कार्यालय सारेपछि मेयर जनगराज गाैतमकाे प्रमुख आथित्यतामा  बृहत कार्यक्रम समेत गरिएकाे थियाे ।

कार्यक्रममा उपमेयर सुम्निमा डिसी, निवर्तमान मेयर लाेकमान बुढाथाेकी, प्रमुख प्रासकीय अधिकृत अनन्तकुमार गाैतम, विभिन्न वडाका वडाध्यक्षहरु, कर्मचारी, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, पत्रकार, स्थानीयहरुकाे सहभागिता रहेकाे थियाे ।

नगरपालिकाकाे भवन निर्माणकाे कार्य २०७४ असारबाट थालनी गरिएकाे थियाे । २०७६ असारमा नगरपालिकालाई हस्तान्तरण गर्नेगरी २०७५ चैतमा भवन निर्माण सम्पन्न भएकाे थियाे ।

यसअघि घरभाडामा लिएर सेवा प्रवाह गर्दै आएको नगरपालिकाले घरभाडा वापत ४८ हजार बढी रुपैयाँ तिर्दै आएको थियाे । अब भवनकाे भाडा बापतकाे याे रकम बचत हुने देखिएकाे छ ।

भवन भ्याट बाहेक ३ करोड २९ लाखमा निर्माण गरिएकाे हाे । नगरपालिकाको भवन निर्माणका लागि बागचाैरका ३३ जनाले जग्गादान र २३ जनाले नगद रकम चन्दा सहयाेग गरेका थिए । उनिहरुलाइ नगरपालिकाले सम्मान समेत गरेकाे छ ।

प्रकाशित मिति : २०७९ माघ १३ गते शुक्रवार