• २०७९ चैत्र ११ गते शनिवार
  • Preeti To Unicode

भुपेनले आफ्नो जन्मदिनको अबसरमा शैक्षिक सामाग्री वितरण


रोल्पा,१९ माघ । रोल्पाको एक बिद्यालयका करिब ७० जना बिपन्न बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । गंगादेब गाउँपालिका ५ सामाजसेवी युवा तथा विभिन्न मिडियामा आबद्ध र आफ्नै युटुब च्यानाल फुलबारी दैनिक सञ्चालक भुपेन घर्ति मगरले आफ्नो जन्मदिनको अबसरमा आज एक कार्यक्रमकाबीच गुराँसेतारा प्राथामिक विधालय आरूचौर गंगादेब ५ रोल्पामा अध्यनरत कक्षा शिशु (0) देखि ३ सम्मका सम्पुर्ण विपन्न गरिव तथा दलित बालबालिकाहरुलाइ कापी,कलम अन्य अध्ययन सामाग्री वितरण गरेर आफ्नो जन्म दिन मनाएका छन त्यो विधालयमा ६५ जना दलित बिद्यार्थी भाइबहिनीहरु रहेको पनि जनाएको छन जन्म दिनको फजुल खर्चलाई सेवामा परिवर्तन गर्न र शिक्षा मानिसको ज्योति भएकोले बालबालिकाहरु गुणस्तरीय शिक्षासंग जोड्न आफुले प्रयास गरेको भुपेनले बताए ।

सामाजिक अभियान्ताको काम समेत गरिरहेका घर्तिले आगामि दिनमा त्यो विधालयको लागि उनले गर्न सक्ने सहयोग सम्म जनाएको छन । गुराँसेतारा प्राथामिक विधालय जिर्ण अवस्था रहेको र त्यो विधालय खोलानाला संग नजिक भएको कारण त्या बच्चाहरुको लागि पनि चिसो अलि धेरै भएको र त्यहा पठनपाठन गर्ने मुनाहरु अलि गरिब स्थिति भएको पनि जनाएका छन र अबको आगामी दिनमा पनि यस्तै कार्यहरु समाजसेवीको लागि यस्तै कार्य गर्ने उनले जनाएका छन ।

प्रकाशित मिति : २०७९ माघ २० गते शुक्रवार