माघ २०, सल्यान ।
आयुर्वेद सम्बन्धि विभिन्न राेगकाे उपचार गर्न सल्यानकाे श्रीनगरमा हितायु आयुर्वेद क्लिनिक संचालनमा आएकाे छ । लामाे समयदेखि आयुर्वेदिक क्षेत्रमा काम गरेकी डा. आभा अधिकारीले उक्त क्लिनिक संचालनमा ल्याएकी हुन् ।
यहाँ सल्यान जिल्लामै पहिलाेपटक शल्य चिकित्सकद्वारा क्षार सूत्र विधिबाट पायल्स र फिस्ठुलाकाे उपचार गरिने क्लिनिकका व्यवस्थापक सन्ताेष शर्माले बताए । यसअघि पायल्स र फिस्टुलाकाे उपचार गर्न बिरामीहरु दाङ नेपालगंज जाने गरेकाे र अब उक्त उपचार यहिबाट हुने उनले बताए ।
क्लिनिकमा छाला सम्बन्धि राेग, निसन्तानपन तथा महिनावारप् गडबढी सम्बन्धिकाे उपचार पनि हुने उनले बताए । क्लिनिक श्रीनगर टाउन प्लानिककाे निर्जला डेरी नजिकै खुलेकाे छ । क्लिनिककाे केहिदिन अघि उद्घाटन गरिएकाे हाे ।