माघ २०, सल्यान ।
दाङबाट सल्यानका लागि छुटेकाे जिप दुर्घटनामा परेकाे छ ।
शुक्रबार दाङको तुलसीपुर देखी सल्यानको कालिमाटी तर्फ जाँदै गरेको भे १ ज ३३६ नम्बरको जिप दाङकाे बबई गाँउपालिका ३ ट्वाङखोला नजिक दुर्घटनामा परेकाे हाे ।
जिप दुर्घटनामा परि ४ जना घाइते भएका छन ।
घाइते हुनेमा जिप चालक तुलसीपुर ९ बेलुवा निवासी ३४ वर्षीय लोक बहादुर खत्री, जिपमा सवार पश्चिम दाङको बबई गाँउपालिका २ निवासी १८ वर्षीय वविता केसी, सोही ठाँउ निवासी २१ वर्षीय विनिता केसी र सल्यानको कालिमाटी गाँउपालिका ३ निवासी २७ वर्षीय सेतिचाम घर्ति रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
दुर्घटनामा परी घाइते भएका दुबैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।