काेटमाैलाका दिनेश लुहाममा मृत अवस्थामा फेला


फागुन १९, सल्यान ।

सल्यानमा एक व्यक्ति खाेलाकाे किनारमा मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको बागचौर नगरपालिका ८ कोटमौला घर भई त्रिवेणी गाउँपालिका ६ लुहाम बजारमा ग्रिल उद्योग सञ्चालन गर्दै आइरहेका अन्दाजी २४ का दिनेश वि.क लुहाम खाेलाकाे किनारमा मृत फेला परेका हुन् ।

खोला किनारमा उनि  बेहोश भएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको र प्रहरीले जिल्ला अस्पताल सल्यानमा ल्याउँदा डाक्टरले मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताए ।

घटनाको थप अनुसन्धान भइरहेको उनको भनाई छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १९ गते शुक्रवार