• २०७९ चैत्र ११ गते शनिवार
  • Preeti To Unicode

३ वर्षपछि सल्यान श्रीनगरको सेनमा हल पुनः संचालन, छड्के फिल्म प्रदर्शनी


फागुन २१, सल्यान ।

सल्यानकाे प्रमुख व्यापारी केन्द्र श्रीनगरमा रहेकाे भगवती सिनेमा हलमा ३ वर्षपछि पुनः संचालनमा आएको छ । कोभिडका कारण लकडाउन भएपछि हल बन्द अवस्थामा थियोे ।

शनिबारदेखि हल संचालनमा आएको र अहिले अनमोल केसीको छड्के फिल्म प्रदर्शन भएको संचालन लिल्लधर चलाउनेले बताए । उनले अबदेखि हल नियमित संचालन गरिने बताए ।

विगत ८ बर्ष अघिदेखि सल्यानमा संचालनमा आएकाे याे हलले अहिलेसम्म साेचेजस्ताे फाइदामा कमाउन नसकेकाे संचालक चलाउनलेको भनाई छ । उनले आफुले व्यवसायीक रूपमा हल संचालन गरेपनि अहिलेसम्म खासै मुनाफा नभएकाे बताएका छन् ।

सल्यानमा फिल्म हलकाे प्रचार धेरै नभएकाे र नागरिकमा पनि हलमा गएर फिल्म हेर्नुपर्छ भन्ने मानसिकता धेरै नभएकाेले खासै दर्शककाे उपस्तिथी नहुने संचालक चलाउनेले बताए । आफुहरूले नयाँ चलचित्र महङ्गाे रकममा किनेर ल्याएपनि कहिलेकाँही दर्शककाे कमीले घाटा बेहाेर्नु परेकाे उनले बताए ।

हललाई अब नयाँ ढंगले अन्य कार्यक्रमका लागि पनि प्रयोग गर्ने तयारी भएको उनको भनाई छ । जिल्लामा हुने हरेक कार्यक्रमहरु यहि हलबाट गर्न सकिने खालको वातावरण मिलाउने हलले तयारी गरेको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २१ गते आइतवार