चर्चित गायिका भूमिका गिरीले सल्यानका हिजनसँग गरिन् बिवाह


फागुन २२, सल्यान ।

चर्चित लोकगायिका भूमिका गिरी सल्यानमा विवाह गरेकी छन् । सोमबार सल्यानका हिजन विष्टसँग उनले बिवाह गरेकी हुन् ।

उनिहरु केही समयदेखि प्रेम सम्बन्धमा थिए । हिजनकाे घर सल्यान शारदा नगरपालिका स्थित साहुटाेलमा पर्छ । अहिले उनि दाङमा बसाेबास गर्दै आएका छन् ।

उनिहरुकाे सोमबार वैवाहिक समारोह आयोजना गरिएको छ । आफन्त र साथीभाइको सीमित उपस्थितिमा उनले विवाह गरेका हुन् ।

भूमिकाले शनिबार बेलुका लाजिम्पाटको सम्पदा गार्डेनमा ब्याचलरेट पार्टी आयोजना समेत गरेकी थिइन् । सामाजिक सञ्जालमार्फत उनले यसबारे जानकारी दिएकी छन् ।

पार्टीको तस्वीर सार्वजनिक गरेपछि गायिका गिरीलाई सामाजिक सञ्जालबाट फ्यानले बधाई तथा शुभकामना दिइरहेका छन् ।

गायक प्रकाश दूतराजसँग उनले सहकार्य गरेका गीतहरु ‘देउरालीमा’, ‘चोली मैलै भो’ लगायत रुचाइएका छन् ।

प्रकाशित मिति : २०७९ फाल्गुन २२ गते सोमवार