असाेज २५, सल्यान ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी सल्यानले जिल्लाका १० वटै पालिकामा बिहिबार ज्ञापनपत्र बुझाएको छ।
पार्टीको केन्द्रीय याेजना अनुसार स्थानीय सरकारमा जनताले भाेग्नु परेका समस्याहरु समेटेर हरेक पालिकामा पार्टीले ज्ञापनपत्र बुझाएको पार्टीका जिल्ला सेक्रेटरी मदन चन्दले बताए ।
नेकपाले ज्ञापनपत्रमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, विद्युत, बेराेजगारीका समस्याकाे विषय उल्लेख गरेकाे छ ।