फागुन २७, सल्यान ।
बसकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु भएकाे घटनामा न्याय नपाएकाे भन्दै सल्यानकाे शंकमुलमा राप्ती राजमार्ग अवराेध गरिएकाे छ ।
राप्ती राजमार्गअन्तर्गत सल्यानको छत्रेश्वरी गाउँपालिका-६ शंखमुलमा बसले बिहीबार दिउँसो साढे ४ बजेतिर मोटसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको थियाे ।
उक्त घटनामा अहिलेसम्म प्रहरीले कुनै चासाे नदेखाएकाे र घटनाकाे मुचुल्का नै ताेडमाेड गरेकाे आराेप लगाउँदै मृतकका परिवारले आज बिहानैबाट सडक बन्द गराएका छन् ।
सडकमा टायर बालेर राजमार्ग अवराेध गरेपछि सल्यान तथा रुकुमबाट दाङ जाने आउने सवारी साधन अहिले सडकमै राेकिएका छन् ।
उता इलाका प्रहरी कार्यालय लुहामले भने घटनाकाे मुचुल्का कुनै ताेडमाेड नगरिएकाे र त्यस्ताे गर्न सम्भव पनि नहुने बताएकाे छ । अहिले घटनास्थलमा जान लागेकाे र पिडितहरुकाे कुरा बुझ्न लागेकाे प्रहरीले जनाएकाे छ ।
श्रीनगरदेखि काभ्रा जाँदै गरेको लु २ ख १२२२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको रा ५ प ३०४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक छत्रेश्वरी गाउँपालिका-३ झिम्पे पालेखोला घर भएका वर्ष १९ का अजय ओलीको मृत्यु भएको थियाे ।