• २०७९ चैत्र ११ गते शनिवार
  • Preeti To Unicode

एकीकृत अखिल नेपाल शिक्षक संगठन कर्णालीको अध्यक्षमा दाहाल


फागुन २७, सल्यान ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेशको अध्यक्षमा शेरबिर दाहाल चयन भएका छन् ।

फागुन २५ र २६ गते कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न संगठनको दोस्रो अधिवेशनबाट रुकुम पश्चिमका दाहाल अध्यक्षमा र संगठनको बरिस्ठ उपाध्यक्षमा सल्यानका उमेश बुढाथोकी सर्बसम्मत चयन भएका हुन् ।

यसैगरी खुला उपाध्यक्षमा गम बहादुर बुढा, डम्बर बहादुर सोडारि र महिला उपाध्यक्षमा निठु चौलागाईं चयन भएका छन् ।

यस्तै महासचिवमा देवराज चौलागाईं, अर्थ उपमहासचिवमा सल्यानका हर्क बहादुर वली, उपमहासचिवमा जय रुद्र ढकाल, सचीवमा शोभा अधिकारी र देबिराम तिमिल्सिना सर्बसम्मत चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा सल्यानबाट शेर बहादुर डाँगी, हेमराज केसी,मिनराज वली र सुशिला वली लगायत ४१ सदस्यीय नयाँ कार्यसमिति चयन भएकाे छ ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन २७ गते शनिवार