• २०७९ चैत्र ११ गते शनिवार
  • Preeti To Unicode

सल्यानमा हिरासतभित्र थुनुवाले आफ्नै घाँटी रेटे


फागुन २८, सल्यान ।

जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा रहेका एकजना थुनुवाले बिलेडले आफ्नै घाँटी काटेका छन् । हाडनातामा जबरजस्ती करणी मुद्दाका थुनुवा एक पुरुष बिलेडले आफ्नै घाँटी रेटेर घाइते भएका हुन् ।

आइतबार विहान साढे आठ बजेतिर खाजा खानको लागि उठाउदा नउठेपछि हिरासत कक्षमा ब्ल्यांकेट कपडा ओढी घाँटिमा आफुले लुकाइ राखेको बिलेड प्रयोग गरी आफैले घाँटि काटि घाईते भएको अबस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिए ।

उनको तत्कालै उपचारको लागी प्रनानि रतन शर्माको कमाण्डमा ५ जनाको प्रहरी टोलीले जिल्ला अस्पताल सल्यान लगेर उपचार गरि थप उपचारको लागि आइतबार विहान नै कर्णाली प्रादेशिक अस्पताल कालागाउ सुर्खेत रिफर गरिएको प्रहरिले जनाएको छ ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्वर १२ निवासी ३४ वर्षिय ति पुरुष यहि फागुन २५ गते पक्राउ परेका थिए । २६ गते ५ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखिएको थियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन २८ गते आइतवार