• २०७९ चैत्र ११ गते शनिवार
  • Preeti To Unicode

सल्यानका एक युवाले गरे जन्मदिनको अवसरमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण


फागुन ३०, सल्यान ।

सल्यानका एक युवाले जन्मदिनको अवसरमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेका छन ।

दार्मा गाउँपालिका वडा न.१ का युवा विद्यार्थी नेता रमेश कार्किले आफ्नो २१ औँ वार्षिक जन्मउत्सवको अवसरमा शैक्षिक तथा खेलकुद सामाग्रीहरु आफुले प्राविसम्म अध्यायन गरेको बाल ज्ञानोदय आधारभुत विद्यालय काफलगैंरामा वितरण गरेका हुन।

जस अन्तर्गत १२ दर्जन कपि, ६ दर्जन प्यान्सिल,२ प्याकेट पेन, १ पिस भलिबल, १ सेट नेटजाली लगाएतका सामाग्री कार्किले वितरण गरेका हुन। उक्त कार्यक्रममा बाल ज्ञानोदय आधारभुत बिद्यालयका प्रधानाध्यापक शेरबहादुर चन्द प्रमुख आतिथी रहेका थिए ।

आफुले यो बार्षिक जन्मोउत्सवको अवसर यस विद्यालयमा शैक्षिक सामाग्री लगाएत खेलकुद सामाग्री हस्तान्तरण गर्दा आफू धेरै उत्साहित र खुसिले गदगद भएको बताउदै आगामी दिनमा थप सामाजिक कार्य गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन ३० गते मङ्गलवार