चैत १, सल्यान ।
ईलाका प्रशासन कार्यालय थारमारे सल्यानका प्रमुख पिताम्बर केसी कार्यालय समयमा कार्यालय हाताभित्रै दिउँसै रक्सी सेवन गर्दा सेवाग्रहायीकाे काम प्रभावित हुने गरेकाे छ ।
उनले दिनहुँजसाे कार्यालयमा रक्सी सेवन गरेर आउँदा कार्यालयकाे काम प्रभावित हुने गरेकाे सेवाग्राहायीहरुले बताउँने गरेका छन् । कार्यालयकाे माथिल्लाे तलामा उनी बस्ने क्वाटर रहेकाे छ भने तल्लाे तलामा अफिस छ । उनले सधैजसाे कार्यालय समयमा रक्सी सेवन गरेर दिउँसै काेठमा सुत्ने गरेकाे कार्यालय आसपासका स्थानीयहरु बताउँछन् ।
ईलाका प्रशासन कार्यालय थारमारेमा हाल कार्यालय सहयाेगी सहित ४ जना कर्मचारी छन् । यहाँ नागरिक्ता बनाउन सल्यानका बागचाैर नगरपालिका, दार्मा र कुमाख गाउँपालिकाका सेवाग्रहायीहरु आउने गर्दछन् ।
अन्य कर्मचारीले सेवाग्रहायीकाे सम्पुर्ण काम गरेर कार्यालय प्रमुख कहाँ हस्ताक्षर गराउन लिदाँ उनी रक्सीले फिटान हुने र हस्ताक्षर नगर्ने गरेकाे एक सेवाग्रहायीले बताए । कार्यालयमा काम गर्ने एक कर्मचारीकाअुनसार केसीले हस्ताक्षर नगर्दा केहि दिन नागरिक्ता राखेर अर्काे दिन हस्ताक्षर गराइ सेवाग्रहायीलाइ बाेलाएर दिनु समेत परेकाे छ ।
‘हाकिमसापले दिउँसै रक्सी खाएर काेठमा सुत्दा हामीलाइ समेत लाज लाग्छ । काेठमा गएर बाेलाउँदा अफिसमा आएर फेरि जथाभावी बाेल्नुहुन्छ ।’, एकजना कर्मचारीले लेकाली अनलाइनसँग भने । यस विषयमा बागचाैर नगरपालिका र स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय सल्यानमा पनि पटकपटक जानकारी समेत गराएकाे बताएका छन् ।
यता प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र पाैडेलले यसबारे आफुलाइ जानकारी आएकाे र अब एक्सनमा जाने बताए । अहिले आफु जिल्ला बाहिर भएकाेले जिल्ला फर्किएपछि सबै कुरा बुझ्ने उनले बताएका छन् ।
भिडियाे