चैत १, सल्यान ।
सल्यानकाे शारदा नगरपालिकामा विद्यालयका प्रधानध्यापकहरुलाई अपांगता छात्रवृती तथा समावेशी शिक्षाका विषयमा अभिमुखीकरण गरिएकाे छ ।
शारदा नगरपालिका भित्रका विभिन्न विद्यालयका करिब ३० जना प्रधानध्यापकहरुलाइ बुधबार अभिमुखीकरण गरिएकाे हाे । शारदा नगरपालिकाकाे सहयाेगमा कल्याणकारी अपाङ्ग सेवा संघले अभिमुखीकरण कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।
संघका अध्यक्ष कृष्ण बहादुर बुढाले अपाङ्गता भएका व्यक्तिहरुका लागि प्रत्येक विद्यालय तथा सार्वजनिक स्थानहरुमा अपाङ्ग मैत्री पुर्वाधारहरु बनाउनुपर्ने बताए । उनले अपाङ्गता भएका व्यक्तिहरुले राज्यबाट पाउने सेवा सुविधाकाे बारेमा विद्यार्थीहरुलाइ ज्ञान दिनुपर्ने र त्यसकाे लागि यस्ताे खालकाे कार्यक्रमले महत्वपुर्ण भुमिका निर्भाह गर्ने बताए ।
अभिमुखीकरण कार्यक्रममा मानवअधिकारकर्मी रामचन्द्र रेग्मी र मनाेसामाजिक परामर्शकर्ता मिना बुढाथाेकीले प्रशिक्षण दिएका थिए ।