• २०७९ चैत्र ११ गते शनिवार
  • Preeti To Unicode

सल्यानमा स्ववियुकाे नतिजाः ६ क्याम्पसमा निर्विराेध, कपुरकाेटमा चुनावबाट निर्वाचित


चैत ५, सल्यान ।

सल्यान जिल्ला भित्र रहेका ७ वटा क्याम्पसमध्ये ६ वटामा सर्वसम्मत र एउटामा चुनावी प्रक्रियाबाट स्ववियु सम्पन्न भएकाे छ ।

सल्यान बहुमुखी क्याम्पस खलंगा, शिवजन क्याम्पस शितलपाटी जनकल्याण क्याम्पस थारमारे, फारुला बहुमुखी क्याम्पस फारुला, बनगाड क्याम्पस बनगाड र शारदा क्याम्पस शंखमूलमा सर्वसम्मत स्ववियू सम्पन्न भएको हो ।

सल्यान बहुमुखी क्याम्पसमा राजेश वली, शिवजन क्याम्पसमा बुलन्द बाबु सेजवाल, शारदा क्याम्पस शंखमूलमा एलिना श्रेष्ठ, जनकल्याण क्याम्पस थारमारेमा एकराज वली, फारुला बहुमुखी क्याम्पसमा वरुण न्यौपाने, र बनगाड क्याम्पसमा अजय विष्ट सभापतिमा निर्विरोध निर्वाचित भएका छन्।

कपुरकोट बहुमुखी क्याम्पसमा भने निर्वाचन भएकाे छ । यहाँ सभापतिका स्वतन्त्र उम्मेद्बार रामप्रसाद आचार्य विजयी भएका छ्न । उनले माओवादी निकट विद्यार्थी संगठनका लिला बहादुर थापालाई ७ मतको मतान्तरले पछाडि पार्दै उनी निर्वाचित भएका हुन ।

जिल्लामा भएका ६ विद्यार्थी संगठनकाे सहमतिअनुसार कपुरकाेटमा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनलाइ सभापति भाग परेकाे थियाे तर यहाँ कांग्रेस निकट विद्यार्थी संगठनका रामप्रसाद आचार्य र माओवादी निकट विद्यार्थी संगठनका लिला बहादुर थापाले उम्मेदवारी दिएपछि एकीकृत समाजवादी समाजवादी निकट विद्यार्थी संगठनका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका थिए ।

त्यसपछि कपुरकाेटमा रामप्रसाद आचार्य र लिला बहादुर थापाबीच प्रतिस्पर्धा भएकाे थियाे ।

प्रकाशित मिति : २०७९ चैत्र ५ गते आइतवार