जेठ १२, सल्यान ।
सल्यानको शारदा नगरपालिकाले खलंगाकाे लुहापिङमा जेठ १५ गते पढाई मेला गर्ने भएको छ । ‘बालकेन्द्रित शिक्षा मार्फत शिक्षा मार्फत पठनको सीपमा सुधार, शारदाको शिक्षामा नवप्रबर्धनको बलियो आधार’ भन्ने नारा सहित एकदिने पढाइ मेला संचालन हुने नगरपालिकाले जनाइकाे छ ।
साे कार्यक्रमकाे बारेमा जानकारी दिन शुक्रबार भएको पत्रकार सम्मेलनमा शिक्षा शाखा प्रमुख संगिता बुढाले पढाइ मेलामा एक हजारको सहभागिता गराउने गरी तयारी भएकाे बताइन् । मेलामा २० भन्दा बढी विद्यालयबाट स्टल राखिने उनकाे भनाइ छ ।
बालबालिकामा पुस्तक तथा बालमैत्री शैक्षिक सामग्रीको पहुँच बढाउदै पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पढाइ मेला गर्न लागिएको नगरप्रमुख प्रकाश भण्डारीले बताए । उनले शिक्षालाइ प्रविधिमा जोड्दै नगरको शिक्षालाइ पहिलो नम्बरमा राखेर सुधार गर्दै लिएको बताए ।
राज्यले शिक्षामा सबैभन्दा बढि लगानी गरेको भन्दै यसलाइ बढाउदै लिनुपर्ने धारणा राखे । शिक्षामा क्रान्ती ल्याउने भन्दै उनले विद्यालयको कक्षाकोठा, पाठ्यसामाग्री सहित पठनपाठनलाइ पनि व्यवस्थित गरिएको भण्डारीले बताए ।
पढाइ मेलामा बाल पुस्तकालय, पढाइ मापन तथा डिजिटल पुस्तकालय, सबै छोडी पढौँ, हिडाइ पढाइ र चौतारामा बसेर पढाइ लगाएतका क्रियाकलाप हुने प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले बताए । उनकाअनुसार कक्षा पुस्तकालय र स्वतन्त्र पठन, लेखक तथा स्रष्टासँग बालबालिका, कथा वाचन, नाचगान तथा साँस्कृतिक कार्यक्रम हुने छन् ।
शारदा नगरपालिकाको आयोजनामा हुने पढाइ मेलाकाे सहजिकरण रुम टु रडिले गर्ने बताइएकाे छ । पत्रकार सम्मेलनमा उपप्रमुख सुस्मिता सापकोटा, रूम टु रिडका बरिष्ट अधिकृत बाबुराम पोख्रेलकाे पनि सहभागिता रहेकाे थियाे ।