जेठ १७, सल्यान ।
सल्यानको छत्रेश्वरी गाउँपालिकाले कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण गरेको छ ।
गाउँपालिका भित्रका किसानलाई बुधबार फुट स्प्रे, कर्ण सेलर, स्प्रे टंकी, पलाष्टीक सिड टर्णेल वितरण गरिएको हो । फुट स्प्रे : ३, कर्ण सेलर : ६, स्प्रे टंकी: ७०, पलाष्टीक सिड टर्णेल ८० वितरण गरिएको गाउँपालिका कृषि शाखा प्रमुख विनोद पुनले बताए ।
यान्त्रीकरण हस्तान्तरण प्रस्तावना मार्फत छनोट भएका कृषी समुह, कृषी फर्मा लाई वितरण गरिएको उनको भनाइ छ ।
पालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्द कुमारी खत्री लगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो ।कृषि लाई व्यवसायी प्राबिधिक बनाउन कृषक लाई यान्त्रीकरणले सहजता प्रदान गर्ने कुरा सहित कृषि पेशा लाइ थप रुपान्तरण गर्न पालिका सरकारले सधै सहयोग गर्ने अध्यक्ष बुढाथोकीले बताए ।
केहिदिन अगाडि मात्रै गाउँपालिकाले १८ वटा मिनि ट्रेलर वितरण गरेको थियोे ।